Posts

Showing posts from July, 2022
Image
  राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ शान्तिराम दाहाल पाठ्यक्रम प्रारूप शिक्षा पद्धतिको मार्गदर्शक दस्तावेज हो । विद्यालय शिक्षाको पाठ्यक्रम प्रारूप २०७६ ले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका लागि विद्यालय शिक्षा पद्धतिलाई मार्गदर्शन गर्ने दृष्टिकोणलाई प्रतिविम्बित गरेको छ । विश्वमा भएका नवीनतम शैक्षिक परिवर्तन एवम् नेपालको वर्तमान सन्दर्भ र स्थानीय आवश्यकतालाई दृष्टिगत गर्दै यसले समाजवादउन्मुख राष्ट्र निर्माणका लागि सामाजिक न्यायमा आधारित सक्षम र प्रतिस्पर्धी नागरिक विकास गर्न विद्यालय शिक्षाको भावी मार्गचित्र तय गरेको छ । राष्ट्रिय पाठ्यक्रम प्रारूप विकासको औचित्यका (११वटा) संवैधानिक व्यवस्था र मुलुकको सङ्घीय संरचनाअनुसार विद्यालयस्तरीय पाठ्यक्रमसम्बद्ध कार्यलाई व्यवस्थित गर्नु  विद्यालय शिक्षाको संरचनाअनुरूप प्रारम्भिक बाल विकास तथा शिक्षादेखि कक्षा १२ सम्मको पाठ्यक्रम विकास कार्यलाई दिशानिर्देश गर्नु  पाठ्यक्रम विकास तथा...

स्थानीय पाठ्यक्रम Local Curriculum

स्थानीय पाठ्यक्रम (Local curriculum)    शान्तिराम दाहाल   स्थानीय आवश्यकता, स्थानीय संस्कृति, परम्परा, मूल्यमान्यता, स्थानीय उत्पादन, स्थानीय पेशा, व्यावसाय आदिलाई प्रवर्धन गर्ने उद्देश्यले स्थानीय सरोकारवालाहरूको प्रत्यक्ष सहभागितामा स्थानीय तहबाट विकास, निर्माण र कार्यान्वयन गरिने पाठ्यक्रमलाई स्थानीय पाठ्यक्रम (Local curriculum) भनिन्छ । स्थानीय पाठ्यक्रम स्रोत तथा प्रशिक्षण सामग्री- 2067 - “स्थानीय सरोकारवालाहरूको आवश्यकता, चाहना र उनीहरूक सहभागितामा स्थानीय विषयवस्तुलाई समावेश गरी विकास र कार्यान्वयन हुने पाठ्यक्रमलाई स्थानीय पाठ्यक्रम भनिन्छ ।”    स्थानीय पाठ्यक्रम विकास निर्देशिका - 2064 - "स्थानीय स्तरमा स्थानीय सरोकारवालाहरूको प्रत्यक्ष सहभागितामा स्थानीय आवश्यकताअनुसार स्थानीय विषयवस्तुहरू समावेश गरी निर्माण र कार्यान्वयन गरिने पाठ्यक्रमलाई स्थानीय पाठ्यक्रम भनिन्छ"। प्राथमिक शिक्षा पाठ्यक्रम (कक्षा 1–5) (2065) स्थानीय पाठ्यक्रमलाई यसरी परिभाषित गरेको छ "स्थानीय ज्ञान सिप र प्रविधिलाई समेटी तयार पारिएको पाठ्यक्रमलाई नै स्थानीय पाठ्यक्रम भनिन्छ।* ...