Posts

Showing posts from August, 2022

शिक्षा सम्वन्धि प्रश्नोत्तर

  १. दरबार हाइस्कुलको स्थापना कहिले भयो ? 👉 बि.सं. १९१० असाेज २७ २. शिक्षाको शाब्दिक अर्थ के हो ? 👉 अन्तरनिहित क्षमताको प्रश्फुटन ३. मनोविज्ञानको शाब्दिक अर्थ के हो? 👉 आत्मको विज्ञान ४. पाठ्यक्रमको शाब्दिक अर्थ के हो? 👉 दौडको मैदान ५. वृद्धि भनेको के हो? 👉 शारिरीक र संरचनात्मक परिवर्तन ६. विकास भनेको के हो? 👉 शारिरीक मानसिक सामाजीक सम्वेगातमक परिवर्तन ७. वातावरण भनेको के हो? 👉 हाम्रो वरीपरीको भौतिक एवम अभौतिक वस्तुको समुह ८. मानव शरीरमा क्रोमोजोमको संख्या कति हुन्छ? 👉 ४६ ‍ओटा ९. वंशानुक्रम भनेको के हो? 👉 बाबुआमाका जैविक गुणहरू छोराछोरीमा सर्ने प्रकृया १०. पाठ्यक्रमका कतिवटा तत्वहरू छन? 👉 ४ ओटा (उद्देश्य, विषयबस्तु, सिकाइ अनुभव र मूल्याङ्कन) ११. पाठ्यक्रमको पहिलो तत्वको कुन हाे? 👉 उद्देश्य १२. पाठ्यक्रमको अन्तिम तत्व कुन हो? 👉 मूल्याङ्कन १३. पेडागाेजीको शाब्दिक अर्थ के हाे? 👉 बालबालिका शिक्षण विधिशास्त्र १४. शिक्षाको स्वरूप कति किसिमको हुन्छ? 👉 ३ ओटा (औपचारिक, अनौपचारिक र अनियमित) १५. औपचारिक शिक्षा भनेको के हो? 👉 पूर्वनिर्धारित पाठ्यक्रम स्थान र समय...

आधारमुत तह देखि माध्यामिक विद्यालय तहको मूल्याङ्कन सम्वन्धि व्यवस्था

Image
  आधारभुत तहको वर्तमान मूल्याङ्कन प्रणाली ( Existing Evaluation System of Basic Level) शान्तिराम दाहाल सबैका लागि शिक्षा अन्तर्गत गुणस्तरिय शिक्षा प्रदान गर्न प्राथमिक शिक्षा परियोजनाले परिकल्पना गरेको निरन्तर मूल्यांकन प्रणाली शैक्षिकसत्र २०५६/५७ बाट नेपालका पाँचवटा जिल्लामा कार्यान्वयन गरिएको हो । राष्ट्रीय पाठ्यक्रम प्रारूप २०६३ आधारभूत तहमा कक्षा १ देखि ८ सम्म निरन्तर मूल्याङ्कन प्रणालीको व्यवस्था गरेको छ । निरन्तर / निर्माणात्मक मूल्याङ्कन (Continuous/formative Evaluation) मूल्याङ्कन अन्तर्गत कक्षा १ देखि ३ पूर्णतया निरन्तर मूल्याङ्कन प्रणालीलाई कार्यान्वयनमा ल्याइएको छ । विद्यार्थीले त्रैमासिक, अर्धवार्षिक र वार्षिक अवधिमा प्रत्येक पाठबाट ६ वटा सूचकहरू निर्धारण गरिएको (कक्षाकार्य, परियोजना कार्य, व्यावहार परिवर्तन, सिर्जनात्मक कार्य, हाजिरी र प्रश्नोत्तर) विद्यार्थी क्रियाकलापको धारमा पाठगत रेजा (अधिकतम ३ वटा सम्म ) दिइन्छ। सो रेजालाई सुत्रद्वारा प्राप्ताङ्कमा बदलिन्छ र सोका आधारमा 3 वटै अवधीको प्राप्ताङ्क राखी प्रगति विवरण तयार गरिन्छ । कक्षा ४ र ५ को मुल्याङ्कन सम्वन्धि व्य...

नेपालमा शिक्षकको पेसागत विकासको क्रम

  वि.सं. २००४ जेठ १० गते आधार शिक्षाको स्थापना । उक्त केन्द्रले वि.सं. २००६ देखि शिक्षक तालिम सञ्चालन गरी सर्टिफाइड शिक्षकको प्रमाणपत्र प्रदान गर्न सुरु गरेको । वि.सं. २०१० मा आधार शिक्षक केन्द्र ताहाचलमा एसएलसी पास भएकालाई पोष्ट बेसिक ट्रेनिङ (Post Basic Training दिन सुरु गरिएको ।  वि.सं. २०११ भाद्र २४ गते आधार शिक्षक शिक्षण केन्द्रलाई राष्ट्रिय शिक्षक शिक्षण केन्द्रमा रुपान्तरण गरी शिक्षक तालिमक कार्यक्षेत्रसमेत विस्तार गरिएको।  वि.सं. २०१३ भाद्र २४ गते कलेज अफ एजुकेसन (College of Education) को स्थापना  पूर्व सेवाकालीन र सेवाकालीन शिक्षक तालिमसञ्चालन । वि.सं. २०१३ मा नर्मल स्कुल शिक्षण केन्द्रले उपत्यका बाहिर नेपालगन्ज, धरान,वीरगञ्ज घुम्ती शिक्षक शिक्षण केन्द्र स्थापना गरी १० महिने शिक्षक तालिम सञ्चालन गरेको। वि.सं. २०१३ सालमा महाविद्यालय (college of education) स्थापना भएपछि नर्मल स्कुल तालिम शिक्षक तालिम, व्यवसायिक प्रशिक्षण, महिला शिक्षक तालिम आदि कार्यक्रमले तीव्रता पाएको।   वि.स. २०१६ आषाढ ११ गते त्रिभुवन विश्वविद्यालयको स्थापना । शिक्षा महाविद्यालयला...