स्थानीय पाठ्यक्रम Local Curriculum
स्थानीय पाठ्यक्रम (Local curriculum)
शान्तिराम दाहाल
स्थानीय आवश्यकता, स्थानीय संस्कृति, परम्परा, मूल्यमान्यता, स्थानीय उत्पादन, स्थानीय पेशा, व्यावसाय आदिलाई प्रवर्धन गर्ने उद्देश्यले स्थानीय सरोकारवालाहरूको प्रत्यक्ष सहभागितामा स्थानीय तहबाट विकास, निर्माण र कार्यान्वयन गरिने पाठ्यक्रमलाई स्थानीय पाठ्यक्रम (Local curriculum) भनिन्छ ।
स्थानीय पाठ्यक्रम स्रोत तथा प्रशिक्षण सामग्री- 2067
- “स्थानीय सरोकारवालाहरूको आवश्यकता, चाहना र उनीहरूक सहभागितामा स्थानीय विषयवस्तुलाई समावेश गरी विकास र कार्यान्वयन हुने पाठ्यक्रमलाई स्थानीय पाठ्यक्रम भनिन्छ ।”
स्थानीय पाठ्यक्रम विकास निर्देशिका - 2064
- "स्थानीय स्तरमा स्थानीय सरोकारवालाहरूको प्रत्यक्ष सहभागितामा स्थानीय आवश्यकताअनुसार स्थानीय विषयवस्तुहरू समावेश गरी निर्माण र कार्यान्वयन गरिने पाठ्यक्रमलाई स्थानीय पाठ्यक्रम भनिन्छ"।
प्राथमिक शिक्षा पाठ्यक्रम (कक्षा 1–5) (2065)
स्थानीय पाठ्यक्रमलाई यसरी परिभाषित गरेको छ "स्थानीय ज्ञान सिप र प्रविधिलाई समेटी तयार पारिएको पाठ्यक्रमलाई नै स्थानीय पाठ्यक्रम भनिन्छ।*
स्थानीय पाठ्यक्रमको आवश्यकता
i. विद्यार्थीहरूमा स्थानीय संस्कृति, परम्परा, मूल्यमान्यता, रितिरिवाज आदिबारे आवश्यक ज्ञान दिई तिनको संरक्षण एवम् सम्बर्धन गर्नसक्ने कार्यमा सक्षम बनाउन,
ii. स्थानीय अभिभावकहरूमा शिक्षाप्रतिको चासो, चिन्तन, सक्रियता र अपनत्वको भावना विकास गराउन,
iii. स्थानीय पाठ्यक्रममार्फत् विद्यार्थीमा आवश्यक ज्ञान एवम् सिप प्रदान गरी स्थानीय पेशा व्यावसाय एवम् रोजगारी प्रवर्धन गर्न,
iv. स्थानीय आवश्यकता र महत्त्वका आधारमा पाठ्यक्रमको स्थानीयकरण एवम् विशिष्टीकरण गर्न,
v. स्थानीय स्रोतसाधनहरूको अधिकतम उपयोग तथा परिचालन गराउने सम्बन्धमा युवाहरूलाई आवश्यक ज्ञान दिन,
vi. शिक्षामा समावेशीकरण तथा विविधतालाई सम्बोधन गर्न,
vii. विभिन्न असमानता र विविधताहरूलाई सम्बोधन गरी समावेशी पाठ्यक्रम विकास एवम् निर्माण गर्न,
viii. केन्द्रिकृत पाठ्यक्रमले समेट्न नसकेका ज्ञान, सिप र विषयवस्तुलाई समावेश गरी पाठ्यक्रम तर्जुमा गर्न।
स्थानीय पाठ्यक्रम विकासका केही मान्यताहरू
● स्थानीय आवश्यकताका विषयवस्तुले स्थान पाउने,
● पाठ्यक्रम विकास स्थानीय तहबाटै हुने,
● पाठ्यक्रमप्रति जनताको अपनत्व (ownership) बढ़ने,
● पाठ्यक्रम विकास र कार्यान्वयनमा पहुँच तथा प्रभावकारिता अभिवृद्धि हुने,
● विद्यालय र समुदायको सम्बन्ध सुदृढ हुने,
● न्यून मूल्यका स्थानीय सामग्रीको (Low cost, No cost materials) को प्रयोग हुने,
● सरोकारवालाको सक्रिय सहभागिता रहने ।स्थानीय पाठ्यक्रम निर्माण प्रकृया
१. आवश्यकताको पहिचान
२. उद्देश्य को निर्धारण
३. विषयवस्तुको छनोट र पाठ्यक्रम खाताको तयारी
४. शैक्षिक सामग्री निर्माण
५. शिक्षण सिकाइ क्रियाकलाप निर्धारण
६. विद्यार्थी मूल्याङ्कन प्रक्रिया निर्धारण
७. समय वा पाठ्यभार निर्धारण
स्थानीय पाठ्यक्रमको विषयवस्तु
१. स्थानीय कृषि व्यवसाय : तरकारी खेती (गोलभेंडा, काउली, भन्टा, आलु, खुर्सानी, बन्दाकोभी आदि), करेसाबारी, चिया खेती, कफी खेती, स्याउ खेती, सुन्तला खेती, जुनार खेती, माछापालन, कुखुरापालन, भेडापालन, मौरीपालन आदि ।)
२. स्थानीय उद्योग व्यवसाय : बाँस तथा चोयाको काम, माटाको काम, कागजको काम, ऊन कताइबुनाइ, पर्यटन व्यवसाय आदि ।
३. स्थानीय भाषा संस्कृति : मातृभाषा, मठमन्दिर, चैत्य, स्तूप, मस्जिद, गीत, नृत्य, बाजा आदिस्थानीय पाठ्यक्रम सम्बन्धी नीतिगत प्रावधानहरु
१. शासकीय स्वरुप र विविधताको सम्बोधन
२. विविधा आवश्यकता र चाहानालाइ पुरा गर्नु
३. बालकेन्द्रित र स्थानीय आवश्यकता उन्मुख
४. आफैले निर्णय गर्न सक्ने क्षमता विकास गर्नु
५. स्थानीय विषय लाई प्राथमिकता दिनु
स्थानीय पाठ्यक्रम कार्यान्वयनमा समस्या तथा चूनौतीहरू (Problems and Challenges in Implementing Local Curriculum)
१. स्थानीय तहमा स्थानीय पाठ्यक्रम कार्यान्वयन गर्न सक्ने दक्ष जनशक्ति तयार हुन नसक्नु ।
२. शिक्षकहरू स्थानीय आवश्यकतामा आधारित र यास केन्द्रित शिक्षण कार्यका लागि तालिम प्राप्त हुन नसक्नु ३. स्थानीय निकायकै सक्रियतामा स्थानीय पाठ्यक्रम निर्माण तथा कार्यान्वयन गर्ने वातावरणको विकास हुन नसक्नु,
४. स्थानीय तहमा पाठ्यक्रम विकास तथा कार्यान्वयनका लागि आवश्यक प्राविधिक सहयोग र सरसल्लाह प्रदान गर्ने संस्थागत संयन्त्रको विकास र स्थानीय निकायमा संस्थागत क्षमता र संयन्त्रको अभाव हुन्
५. स्थानीय पाठ्यक्रमको कार्यान्वयनका लागि स्थानीय निकायमा सक्रियताको कमी हुनु,
६. स्थानीय पाठ्यक्रम कार्यान्वयनसम्बन्धी स्थानीय तहमा राजनीतिक प्रतिबद्धताको कमी हुनु
७. स्थानीय पाठ्यक्रममा तालिम प्राप्त शिक्षकको अभाव हुनु,
८. स्थानीय पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि जनचासोको कमी
९. मातृभाषामा आधारित स्थानीय पाठ्यक्रम कार्यान्वयनका लागि स्थानीय तहको सक्रियता र सहयोगबाट मातृभाषा शिक्षक व्यवस्थापन हुन नसक्नु
१०. अधिकांश मातृभाषाहरूको लिपी शब्दकोष व्याकरण र लेख्य परम्पराको विकास नहुनाले तो मातृभाषामा स्थानीय पाठ्यक्रम विकास तथा कार्यान्वयन गर्न कठिनाइ हुनु
११. मातृभाषी स्थानीय पाठ्यक्रमको कार्यान्वयनका लागि आवश्यक स्रोत र सामग्रीहरू सहज रूपमा उपलब्ध नहुनु।
Comments
Post a Comment