आधारमुत तह देखि माध्यामिक विद्यालय तहको मूल्याङ्कन सम्वन्धि व्यवस्था
आधारभुत तहको वर्तमान मूल्याङ्कन प्रणाली
( Existing Evaluation System of Basic Level)
शान्तिराम दाहाल
सबैका लागि शिक्षा अन्तर्गत गुणस्तरिय शिक्षा प्रदान गर्न प्राथमिक शिक्षा परियोजनाले परिकल्पना गरेको निरन्तर मूल्यांकन प्रणाली शैक्षिकसत्र २०५६/५७ बाट नेपालका पाँचवटा जिल्लामा कार्यान्वयन गरिएको हो । राष्ट्रीय पाठ्यक्रम प्रारूप २०६३ आधारभूत तहमा कक्षा १ देखि ८ सम्म निरन्तर मूल्याङ्कन प्रणालीको व्यवस्था गरेको छ ।
निरन्तर / निर्माणात्मक मूल्याङ्कन (Continuous/formative Evaluation)
मूल्याङ्कन अन्तर्गत कक्षा १ देखि ३
पूर्णतया निरन्तर मूल्याङ्कन प्रणालीलाई कार्यान्वयनमा ल्याइएको छ ।
विद्यार्थीले त्रैमासिक, अर्धवार्षिक र वार्षिक अवधिमा प्रत्येक पाठबाट ६ वटा सूचकहरू निर्धारण गरिएको (कक्षाकार्य, परियोजना कार्य, व्यावहार परिवर्तन, सिर्जनात्मक कार्य, हाजिरी र प्रश्नोत्तर)
विद्यार्थी क्रियाकलापको धारमा पाठगत रेजा (अधिकतम ३ वटा सम्म ) दिइन्छ।
सो रेजालाई सुत्रद्वारा प्राप्ताङ्कमा बदलिन्छ र सोका आधारमा 3 वटै अवधीको प्राप्ताङ्क राखी प्रगति विवरण तयार गरिन्छ ।
कक्षा ४ र ५ को मुल्याङ्कन सम्वन्धि व्यवस्था
निरन्तर मूल्याङ्कन र आवधिक मूल्याङ्कनको हिस्सा ५० –५० प्रतिशतमा विभाजन गरिएको छ ।
यस तहमा आवधिक मूल्याङ्कनका लागि ५, १५ र ३० पूर्णाङ्कमा क्रमशः प्रथम त्रैमासिक, दोस्रो त्रैमासिक र वार्षिक परीक्षाहरू सञ्चालन गरी मूल्याङ्कन गर्नुपर्ने व्यवस्था रहेको छ ।
आधारभूत तह (कक्षा 6 र 7) मा मुल्याङ्कन सम्वन्धि व्यवस्था
60 प्रतिशत भारको आवधिक मूल्याङ्कन र 40 प्रतिशत भारको निरन्तर मूल्याङ्कनका माध्यमले विद्यार्थीहरूको उपलब्धि लेखाजोखा गर्नुपर्ने व्यवस्था छ ।
निरन्तर मूल्याङ्कनअन्तर्गत प्रयोगात्मक कार्य विद्यार्थीको कक्षा सहभागिता, सिकाइ व्यावहारमा आएको परिवर्तन, सिकाइ सम्बद्ध सिर्जनात्मक कार्यहरू आदि समावेश गरिन्छ ।
यसलाई शिक्षकले निरन्तर रूपबाट मूल्याङ्कन गर्नुपर्ने व्यवस्था छ ।
यस्तो मूल्याङ्कन गर्दा विद्यार्थीले गरेको प्रगतिका आधारमा उनीहरूलाई 'क', 'ख' र 'ग' श्रेणीमा वर्गीकरण गरिन्छ ।
२. निर्णयात्मक मूल्याङ्कन (Summative Evaluation)
आधारभूत तहको अन्तमा अर्थात् कक्षा ८ को अन्तमा जिल्ला स्तरीय परीक्षा सञ्चालन गरिन्छ ।
उक्त परीक्षाको उर्त्तीर्णाङ्क ४० प्रतिशत निर्धारण गरिएको छ ।
यस परीक्षका लागि विशिष्टीकरण तालिकालाई निर्माण गरी प्रयोगमा ल्याइन्छ ।
कक्षा ६-७ मा आवधिक मूल्याङ्कन (लिखित र प्रयोगात्मक) र प्रयोगात्मक कार्य तथा सक्षमता प्राप्तिको अवस्था आँकलन दुवैमा अलग-अलग उर्त्तीर्ण हुनुपर्ने प्रावधान छ ।
प्रयोगात्मक कार्य तथा सक्षमता प्राप्तिको अवस्था आँकलनतर्फ अक्षराङ्कन पद्धतिबाट अभिलेखीकरण गर्नुपर्ने व्यवस्था छ ।
विद्यार्थीले दिएको जवाफ वा गरेको कार्य औसतभन्दा बढी मिलेकोमा वा अधिकांश मिलेमा वा मापन गर्न खोजिएको विषयवस्तुलाई शत प्रतिशत मान्दा त्यसको ८० प्रतिशतभन्दा माथिल्लो उपलब्धि हासिल गरेमा 'क',
दिएको जवाफ वा गरेको कार्य औसतभदा बढी मिलेकोमा वा मापन गर्न खोजिएको विषयवस्तुलाई शतप्रतिशत मान्दा त्यसको ६० देखि ७९ प्रतिशतसम्मको उपलब्धि हासिल गरेमा 'ख'
दिइएको जवाफ वा गरेको कार्य औसतभन्दा कम मिलेकोमा वा मापन गर्न खोजिएको विषयवस्तुलाई शत प्रतिशत मान्दा त्यसको ४० देखि ५९ प्रतिशत सम्मको उपलव्धि हाँसिल गरेमा "ग" श्रेणी निर्धारण गर्नुपर्ने व्यवस्था रहेको छ ।
३. माध्यमिक शिक्षा परीक्षामा वर्तमान ग्रेडिङ्ग प्रणाली (Existing Grading System in SEE)
मूल्याङ्कनका क्षेत्रमा भएका अन्तराष्ट्रिय अभ्यास, नेपालमा शिक्षासम्बन्धी गरिएका विभिन्न अध्ययन प्रतिवेदनहरूको राय, सुझावहरू आधारमा राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को २०७१ मंसिर २४ गते बसेको बैठकद्वारा माध्यमिक शिक्षा उर्त्तीर्ण परीक्षा (एस.इ.इ.) मा अक्षराङ्कन पद्धति (Letter Grading System) लागू गर्ने निर्णय भएअनुसार हाल सो तहको परीक्षामा अक्षराङ्कन पद्धतिलाई कार्यान्वयनमा ल्याइएको छ । यस अक्षराङ्कन पद्धतिलाई एकरूपतापूर्ण, सहज र स्पष्ट तुल्याउन विद्यालय शिक्षामा अक्षराङ्कन पद्धति कार्यान्वयन कार्यविधि- २०७२ जारी गरी गरिएको छ।
हाल एस.इ. इ. परीक्षामा लागू गरिएको अक्षराङ्कन पद्धतिका उद्देश्यहरू निम्नानुसार निर्धारण गरिएका छन् : १. विद्यार्थीको सिकाइ सक्षमतालाई यथार्थरूपमा प्रमाणिकरण गर्न,
२. सिकाइ उपलब्धिको अङ्कन गर्दा देखिने अङ्कगत स्तरहरूलाई ९ वटा अक्षरगत स्तरमा वर्गीकृत गर्न,
३. शैक्षिक क्षतीलाई न्यूनीकरण गर्दै शैक्षिक गुणस्तर प्रवर्द्धन गर्न ।
जारी गरिएको उपरोक्त कार्यविधिअनुसार माध्यमिक तहमा पठनपाठन सञ्चालनका लागि सामान्यतया ४५ मिनेटको एक घण्टी हुने तर विद्यालयले वार्षिक पाठ्यभार नघट्ने गरी ६० मिनेटको एक घण्टी वा पिरियड पनि निर्धारण गर्नसक्ने व्यवस्था गरिएको छ । कुनै विषयको पठनपाठन सञ्चालनका लागि खर्च भएको कम्तिमा ३२ घण्टाको समयावधीलाई १ पाठ्यघण्टा (One Credit hour) भनिन्छ । शैक्षिक सत्रमा ७५ प्रतिशत हाजिरी भएको विद्यार्थीलाई मात्र एस.इ.इ. वा वार्षिक परीक्षामा सामेल गराउनुपर्नेछ व्यवस्था छ। माध्यमिक शिक्षा परीक्षा (SEE) मा अक्षराङ्कन पद्धति लागू गर्न निम्नानुसारको ग्रेड निर्धारण गरिने व्यवस्था गरिएको छ :


Comments
Post a Comment