नेपालमा शिक्षकको पेसागत विकासको क्रम
- वि.सं. २००४ जेठ १० गते आधार शिक्षाको स्थापना ।
- उक्त केन्द्रले वि.सं. २००६ देखि शिक्षक तालिम सञ्चालन गरी सर्टिफाइड शिक्षकको प्रमाणपत्र प्रदान गर्न सुरु गरेको ।
- वि.सं. २०१० मा आधार शिक्षक केन्द्र ताहाचलमा एसएलसी पास भएकालाई पोष्ट बेसिक ट्रेनिङ (Post Basic Training दिन सुरु गरिएको ।
- वि.सं. २०११ भाद्र २४ गते आधार शिक्षक शिक्षण केन्द्रलाई राष्ट्रिय शिक्षक शिक्षण केन्द्रमा रुपान्तरण गरी शिक्षक तालिमक कार्यक्षेत्रसमेत विस्तार गरिएको।
- वि.सं. २०१३ भाद्र २४ गते कलेज अफ एजुकेसन (College of Education) को स्थापना
- पूर्व सेवाकालीन र सेवाकालीन शिक्षक तालिमसञ्चालन ।
- वि.सं. २०१३ मा नर्मल स्कुल शिक्षण केन्द्रले उपत्यका बाहिर नेपालगन्ज, धरान,वीरगञ्ज घुम्ती शिक्षक शिक्षण केन्द्र स्थापना गरी १० महिने शिक्षक तालिम सञ्चालन गरेको।
- वि.सं. २०१३ सालमा महाविद्यालय (college of education) स्थापना भएपछि नर्मल स्कुल तालिम शिक्षक तालिम, व्यवसायिक प्रशिक्षण, महिला शिक्षक तालिम आदि कार्यक्रमले तीव्रता पाएको।
- वि.स. २०१६ आषाढ ११ गते त्रिभुवन विश्वविद्यालयको स्थापना ।
- शिक्षा महाविद्यालयलाई त्रिभुवन विश्वविद्यालयको एक अंगको रुपमा समावेश गरी शिक्षक शिक्षा/ शिक्षक तालिमलाई निरन्तरता प्रदान गरिँदै आएको ।
- (सुरुको ४ वर्षे वी. एड. कार्यक्रमलाई २ वर्षको आई.एड. र दुई वर्षको बी.एड. कार्यक्रममा छुट्याइएको ।)
- वि.सं. २०२२।२३ देखि कलेज अफ एजुकेसनमा एमएडको कार्यक्रम सञ्चालन गरेको
- वि.सं. २०२३ मा शिक्षा मन्त्रालय अन्तर्गत प्राथमिक शिक्षक तालिम केन्द्रको स्थापना गरिएको तथा घुम्ती शिक्षक तालिम दिन बन्द गरिएको ।
- वि.स. २०२४ जेठ २९ मा राष्ट्रिय व्यवसायिक प्रशिक्षण केन्द्र (हालको आदर्श माध्यमिक विद्यालय सानोठिमी भक्तपु स्थापना ।
- व्यवसायिक विषयमा मध्यमस्तरीय जनशक्ति उत्पादन गर्न सुरु गरिएको वि.सं. २०२६ मा कलेज अफ एजुकेसनले युनिसेफको सहयोगमा प्राथमिक शिक्षक तालिम प्रशिक्षक उत्पादन गरेको।
- वि.स. २०२८ सालमा सर्वप्रथम पोखरा क्याम्पसबाट (युनिसेफको आर्थिक सहयोगमा शिक्षा मन्त्रालयले ) शिक्षामा महिलाका लागि समान अवसर कार्यक्रम (Equal Access of Women to Education Programme) योजना सुरु भएको ।
- राष्ट्रिय शिक्षा पद्धतिको योजना, २०२८ (नयाँ शिक्षा) लागू भएपछि शिक्षकका लागि तालिमलाई अनिवार्य
- एसएलसी आई.ए., बी.ए. वा सोसरह पास भएका व्यक्तिलाई एक वर्षको तालिमको व्यवस्था
- प्राथमिक, निम्नमाध्यमिक तथा माध्यमिक शिक्षक तयार गर्ने व्यवस्था गरिएको।
- वि.सं. २०२८ मा (प्राथमिक स्कुल तालिम केन्द्र, राष्ट्रिय व्यवसायिक तालिम केन्द्र, अंग्रेजी भाषा तालिम केन्द्र र कलेज र एजुकेसनलाई मिलाएर त्रिविवि अन्तर्गत शिक्षाशास्त्र अध्ययन संस्थान खडा गरी २ वर्षे आईएड (प्रमाणपत्र) २ व (स्नातक), २ वर्षे एमएड (स्नातकोत्तर) र एक वर्षे बीएडजस्ता पूर्वसेवाकालीन शिक्षक तालिम कार्यक्रम सञ्चालन गरिएको
- वि.सं. २०३५ सालमा रेडियो शिक्षा शिक्षक तालिम केन्द्रको स्थापना ।
- वि.सं. २०३७ भाद्र ४ गतेबाट रेडियो मार्फत 140 घण्टे प्राथमिक शिक्षक तालिम कार्यक्रम सुरु गरेको।
- वि.सं. २०२८ देखि वि.स. २०३७ सम्म सञ्चालित शिक्षक तालिम कार्यक्रमहरु
- A-Level शिक्षक तालिम,
- B-Level शिक्षक तालिम,
- माध्यमिक विद्यालयमा आधारित तालिम कार्यक्रम,
- महिला शिक्षक तालिम कार्यक्रम तथा
- स्थलगत तालिम आदि पर्दछन्।
- वि.सं. २०३७ देखि वि.सं. २०४९ सम्म सञ्चालित सेवाकालीन प्राथमिक शिक्षक तालिम अन्तर्गत ५ महिने Non-Credit प्राथमिक शिक्षा तालिम,
- प्रवेशिका उत्तीर्ण र अनुत्तीर्ण महिलालाई क्रमशः १० महिने प्राथमिक महिला शिक्षक तालिम तथा १० महिने BLevel तालिम,
- ग्रामीण विकासका लागि शिक्षा परियाजना (सेती परियोजना), २०३८ ले आधारभूत आवश्यकताको अवधारणा अनुरुप आधारभूत ज्ञान तथा सीप विकास कार्यक्रम
- वि.सं. २०४१ माघ ५ गतेबाट प्राथमिक शिक्षा परियोजनाले १५० घण्टे सेवाकालीन प्राथमिक शिक्षक तालिम संचालन ।
- वि.सं. २०३९ मा सुरु भएको विज्ञान शिक्षा परियोजना वि.सं. २०४१/४२ मा माध्यमिक तहका विज्ञान, गणित र अंग्रेजी विषय अध्यापन गराउने शिक्षकहरुलाई तालिम प्रदान गरेको ।
- राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०४९, उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०५५ तथा उच्चस्तरीय कार्यसमितिको प्रतिवेदन २०५८ ले शिक्षकको पेशागत क्षमता अभिवृद्धि गर्न विभिन्न कार्यक्रमहरुको सिफारिस गरेको।
- वि.सं. २०५० श्रावण १ गते शैक्षिक जनशक्ति विकास केन्द्र (NCED) र सोअन्तर्गत ३४ ओटा शिक्षक तालिम केन्द्र स्थापना।
- वि.सं. २०५० सालमा विज्ञान शिक्षा विकास परियोजनालाई माध्यमिक शिक्षा विकास परियोजनामा रुपान्तरण गरिएको ।
- उक्त परियोजनामार्फत् माध्यमिक शिक्षा विकास केन्द्र स्थापना भई सोअन्तर्गत देशभर २५ ओटा माध्यमिक शिक्षा विकास एकाइको स्थापना गरिएको ।
- शैक्षिक जनशक्ति विकास केन्द्रद्वारा सञ्चालन गरिंदै आएका शिक्षक तालिम कार्यक्रमहरु बेहायबमोजिम छन्
(क) पूर्व सेवाकालीन पहिलो र दोस्रो सेमेस्टर तालिम ( १० महिना )
पूर्वसेवाकालीन प्राथमिक शिक्षक तालिम पहिलो र दोस्रो सेमेस्टर ५/५ महिना गरी जम्मा १० महिनासम्म आमनेसामने (Face to Face) पद्धतिमार्फत् सञ्चालन गरिन्छ । यो तालिम निजी शिक्षक तालिम केन्द्रहरुलाई अनुमति प्रदान गरी सञ्चालनको सम्पूर्ण जिम्मेवारी दिइएको हुन्छ ।
(ख) सेवाकालीन प्राथमिक शिक्षक तालिम (१० महिना)
सन् २००२-२००७ सम्म कार्यान्वयनमा ल्याइएको शिषक शिक्षा परियोजना अन्तर्गत कार्यरत प्राथमिक शिक्षकहरुलाई दिइने १० महिने सेवाकालीन तालिम शैक्षिक तालिम केन्द्रद्वारा तीन चरणमा सञ्चालन गरिन्छ। आमनेसामने (Face to Face) पद्धतिमार्फत् सञ्चालन गरिने पहिलो र तेस्रो चरण तालिम २.५ २.५ महिना तथा दूरशिक्षा (रेडियो शिक्षा) पद्धतिमार्फत् सञ्चालन गरिने दोस्रो चरण तालिम ५ महिना अवधिको हुने अवस्था छ ।
(ग) विशेष प्राथमिक शिक्षक तालिम (३३० घण्टा)
आधारभूत तथा प्राथमिक शिक्षा परियोजना (BPEP) बाट १५० घण्टे तालिम प्राप्त कार्यरत शिक्षकहरुलाई १८० घण्टे तालिम प्रदान गरी ३३० घण्टे पुयाउन यो तालिमको व्यवस्था गरिएको हो । शैक्षिक तालिम केन्द्रद्वारा आमनेसामने पद्धतिमार्फत् यो तालिम प्रदान गर्दछ । त्यस्तै १५ वर्षे सेवा अवधि पुगेका ४५ वर्ष माथिका शिक्षकहरुलाई २.५ महिने अवधिको विशेष तालिम दिने व्यवस्था रहेको छ ।
(घ) माध्यमिक तथा निम्नमाध्यमिक तालिम (१० महिना)
माध्यमिक र निम्न माध्यामिक तहको सेवाकालिन तालिम बिषयमा केन्द्रित हुन्छन् । यो नेपाली गणित विज्ञान, सामाजिक शिक्षा, स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण विषय गरी ६ वटा विषयमा उपर्युक्त तालिम प्रदान गरिएको थियो ।
👉सक्षम दाहाल
धन्यवाद
Comments
Post a Comment