स्थानीय पाठ्यक्रम Local Curriculum
स्थानीय पाठ्यक्रम (Local curriculum) शान्तिराम दाहाल स्थानीय आवश्यकता, स्थानीय संस्कृति, परम्परा, मूल्यमान्यता, स्थानीय उत्पादन, स्थानीय पेशा, व्यावसाय आदिलाई प्रवर्धन गर्ने उद्देश्यले स्थानीय सरोकारवालाहरूको प्रत्यक्ष सहभागितामा स्थानीय तहबाट विकास, निर्माण र कार्यान्वयन गरिने पाठ्यक्रमलाई स्थानीय पाठ्यक्रम (Local curriculum) भनिन्छ । स्थानीय पाठ्यक्रम स्रोत तथा प्रशिक्षण सामग्री- 2067 - “स्थानीय सरोकारवालाहरूको आवश्यकता, चाहना र उनीहरूक सहभागितामा स्थानीय विषयवस्तुलाई समावेश गरी विकास र कार्यान्वयन हुने पाठ्यक्रमलाई स्थानीय पाठ्यक्रम भनिन्छ ।” स्थानीय पाठ्यक्रम विकास निर्देशिका - 2064 - "स्थानीय स्तरमा स्थानीय सरोकारवालाहरूको प्रत्यक्ष सहभागितामा स्थानीय आवश्यकताअनुसार स्थानीय विषयवस्तुहरू समावेश गरी निर्माण र कार्यान्वयन गरिने पाठ्यक्रमलाई स्थानीय पाठ्यक्रम भनिन्छ"। प्राथमिक शिक्षा पाठ्यक्रम (कक्षा 1–5) (2065) स्थानीय पाठ्यक्रमलाई यसरी परिभाषित गरेको छ "स्थानीय ज्ञान सिप र प्रविधिलाई समेटी तयार पारिएको पाठ्यक्रमलाई नै स्थानीय पाठ्यक्रम भनिन्छ।* ...
Comments
Post a Comment